नेपालमा आज थप ३ हजार ३८४ जनामा कोरोना पुष्टि, ६ हजार २९५ जना निको भए
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ जना पुगेको छ ।
यस्तै, आज थप ६ हजार २९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ । निको हुनेको दर ८६.९ प्रतिशत छ ।
आज संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ३६६ पुगेको छ ।हाल देशभर संक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ जना रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस