दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप
झापा - झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।
रास्वपा नेता बालेन्द्र साहका सर्मथकहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि झडप भएको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका लागि बालेनसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो ।
सोही क्रममा आज दमकस्थित गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। दुवै पक्षका युवाहरूले ढुङ्गा प्रहार गरेपछि स्थिति केही बेर अनियन्त्रित बनेको थियो ।
अहिले अहिले स्थिति सामान्य भइसकेको र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
बालेनले झापा ५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् भने ओलीले उम्मेदवारी दर्ता गराउन बाँकी छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस