प्रतिनिधिसभा जिवितै छ, अध्यादेशबाट बजेट आउँदैन : प्रधानमन्त्री ओली
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको विवाद मिल्ने दिशामा गएको बताएका छन् ।
आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले भने, ‘पार्टी मिल्छ ।’
विवाद मिलाउन ५-५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
फरक प्रसंगमा ओलीले संसदबाटै बजेट ल्याउने बताएका छन् । ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’ ओलीले भने ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने प्रक्रियामा ढिलाइ भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउनसक्ने चर्चा चलिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस