काठमाडौ - अरबाज खानको टक सो ‘पिंच’मा यसपटक सन्नी लियोनी अतिथि बनेर पुगिन् । जहाँ उनले व्यक्तिगत र व्यावसायिक जीवनबारे कुराकानी गरेकी छिन् ।

साथै, उनले सामाजिक सञ्जालमा उनको ट्रोल बनाउनेलाई पनि गतिलो जवाफ दिएकी छिन् । खासमा सो सोमा अतिथि कलाकारमाथि बनेका ट्रोलको कमेन्ट पढ्ने गरिन्छ । 

सन्नीका लागि एक कमेन्ट पढियो । जसमा लेखिएको थियो, ‘सन्नी लियोनीले बुझेकी थिइन् कि पोर्न ब्यान्ड हुनेवाला छ, यही कारण समयमै आफ्नो करिअरलाई सिफ्ट गरिन् ।’ यसपछि सन्नीले भनिन्, ‘सही भने, म दूरदर्शी छु ।’ यसका साथै उनले यो पनि भनिन् कि उनले एडल्ट स्टार बन्ने फैसला किन लिएकी थिइन् । उनले आफूले त्यतिवेला सही फैसला लिएको पनि जिकिर गरिन् ।