प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक
खबर एक्सप्रेस
२०७७-०८-१९ ११:३८ मा प्रकाशित
Total Shares: 272
काठमाडौं - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ।
शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगल र ताल जस्तो देखिने तस्बिर राखिएको छ।
फेसबुक पेज कहाँबाट र कसरी ह्याक भयो भन्नेबारे छानबिन सुरु भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस