यस्तो रहनेछ आज दिनभरको मौसम
खबर एक्सप्रेस
२०७९-०९-०१ ०८:४८ मा प्रकाशित
Total Shares: 176
काठमाडौं-हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
देशका तराई भूभागका केहि स्थानहरुमा हुस्सु र कुहिरो लाग्नुको साथै पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसोː प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीː देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
फेसबुक पेज Like गर्नुहोस