राष्ट्पति विरुद्ध महाअभियोग र प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी
काठमाडौं - नेपाली कांग्रेसले राष्ट्पति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाअभयोग लगाउने तयारी गरेको छ ।
कांग्रेसको शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले अन्य दलसँग छलफल गरेर महाअभियोग लगाउने तयारी गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेससँग मात्रै महाअभियोग लगाउन पुग्ने सांसद संख्या नभएकाले अन्य दलसँग छलफल गरेर महाअभियोग लगाउने तयारी गरेको छ ।
अन्य दलसँग छलफल गरेर साँझ ५ बजे अघि नै महाअभियोग दर्ता गर्ने बताइएको छ । त्यसका लागि अन्य दलसँगको छलफललाई कांग्रेसले तीव्रता दिएको छ ।
राष्ट्पति भण्डारीले नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत नलिइ र राजीनामा नदिई राष्ट्रपतिले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको आव्हान गर्नु संविधान विपरित भएको कांग्रेसको ठहर छ ।
फेसबुक पेज Like गर्नुहोस