बेल्डाँडी गाउँपालिकाका वडाध्यक्ष मृतावस्थामा फेला
खबर एक्सप्रेस
२०७७-०८-०५ ०१:४८ मा प्रकाशित
Total Shares: 393
काठमाडौं,कञ्चनपुर - कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।
सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस