काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा निर्वाचनसम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुने बताइएको छ ।

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले भदौ २४ गतेका लागि तोकिएको वडा अधिवेशन असोज पहिलो साता गर्ने निर्णय गरेको छ ।