शेखर कोइरालाको आह्वान : हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं
काठमाडौं-नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आह्वान गरेका छन्।
उनले बिहीबार एक वक्तव्यमार्फत एकढिक्का भएर चुनाव लाग्न आग्रह गरेका हुन् ।
कांग्रेसलाई फुटबाट जोगाउने सक्दो प्रयास गरे पनि नसकिएको र आफ्नो पनि भएको कमजोरीप्रति उनको स्वीकारोक्ति छ।
“पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन्। म आह्वान गर्छु‚ हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ जितहार कसैको छैन, सबैको विन-विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ। कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन। यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्नँ। हामी सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन,” कोइरालाको भनाइ छ।
उनले दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट गुज्रिएको र राजधानीमा षड्यन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिएको उनले बताएका छन्।
उनले प्रतिनिधिसभा निर्वाचन आइसकेको उल्लेख गर्दै पुन: जनताको घरआँगनमा पुग्ने बताए।


.gif)



फेसबुक पेज Like गर्नुहोस