काठमाडौं - सरकारले बैठकले बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिन नदिनका लागि लकडाउनको अवधि बढाइएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय समितिलाई लकडाउनको अवधि थप्न सिफारिस गरेको थियो ।  

सरकारले पहिलो पटक चैत ११ गतेदेखि एक साताको लागि लकडाउन लागु गरेको थियो । त्यसपछि दोस्रोपटर्क एक साता लकडाउन थपिएको थियो ।