काठमाडौं - सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाउने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश प्रमुखबाट प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपाल निकट हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनको सरकार गठन भएसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट रहेका लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।