केन्द्रीय समिति विघटन गर्न कांग्रेसमा दवाब
काठमाडौं-नेपाली कांग्रेसमा केन्द्रीय समिति विघटन गर्न प्रस्ताव गरिएको छ । केन्द्रीय समिति विघटन गरेर कार्यबाहक सभापतिको जिम्मेवारी दिएर नियमित महाधिवेशनमा जानुपर्ने प्रस्ताव आएको छ ।
ललिपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा अहिलेको केन्द्रीय समिति विघटन गरेर नियमित महाधिवेशनमा जानुपर्ने प्रस्ताव आएको छ ।
कांग्रेस नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको बताए ।
पार्टी केन्द्रीय कार्यालयमा कोइरालाले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न सुझाव दिदै नियमित महाधिवेशनमा जानुपर्ने बताए । राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस