काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबिच टेलिफोन वार्ता भएको छ । शुक्रबार भएको टेलिफोन कुरामा नेपाल र भारतमा भएको लकडाउनका कारण एकअर्का देशमा रहेका नागरिकको हेरचाहको विषयमा दुई प्रधानमन्त्रीबिच छलफल भएका हो ।

ट्विटरबाट जानकारी दिँदै प्रधानमन्त्रीले लेखेका छन्, 'आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।'

'आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ । '

भारत सरकारले उपलब्ध गराउने औषधी लगायतको सहयोगतका लागि समेत प्रधामनन्त्री ओलीले मोदीलाई धन्यवाद दिएका छन् ।