काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३२३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी ३५४० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ६३५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ ।  वीरेन्द्र अस्पतालमा १२ जना र बाँकी २० जना विभिन्‍न अस्पतालबाट माघ १३ गतेदेखि १६ गतेसम्‍म मृत्‍यु भएको प्रवक्ता डा. संगीता मिश्राले बताइन् ।