काठमाडौं - नेपाल सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तामाङ समुदायको चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले शुभकामना तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार–२८५६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ दिदी–बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हु्न ।
उनले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।’

.gif)


