कस्ताे छ आजकाे माैसम ?
खबर एक्सप्रेस
२०७९-०१-०६ ०८:३० मा प्रकाशित
Total Shares: 238
काठमाडाैं - नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । बुधबार पहाडी भूभागसँगै मधेस प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस