विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या
खबर एक्सप्रेस
२०७७-०८-२३ १२:०४ मा प्रकाशित
Total Shares: 338
काठमाडौं - नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ ।
मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको विप्लवका कार्यकर्ताले गोली हानी हत्या गरेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए । घरबाटै अपहरण गरेर गोली हानी हत्या गरिएको बताइएको छ ।
श्रेष्ठको मंगलबार बिहान हत्या भएको हो। हत्याको कारण भने खुलिसकेको छैन। हत्या गरिएका शिक्षक सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। घटनास्थलमा अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस