काठामडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको २० औँ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्न आएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

डेविड मलान र अर्जुन साउदको ११२ रनको शतकीय साझेदारीले चितवनलाई राम्रो सुरुवात दिलाएको थियो। 

चितवन राइनोजका लागि डेविड मलानले सर्वाधिक ८० रन बनाए। उनले ५४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। 

पहिलो विकेट अर्जुन साउदको गयो। उनले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रनमा क्याच भए। दोस्रो विकेट सैफ जैबको गयो। उनी ७ रनमा क्याच भए। तेस्रो विकेट रवि बोपाराको गयो। पछिल्लो २ खेलमा उनी सस्तैमा पेभेलियन फर्किएका छन्। 

चौथो विकेटको रुपमा डेविड मलानको विकेट गयो।  कुशल मल्ल २८ र अमर सिंह रौतेल १ रनमा अविजित रहे। 

जनकपुर बोल्ट्सका लागि अनिल कुमार शाह, रुपेश सिंह र निकोल लोफ्टी इटोन र माज सदाकले १–१ विकेट लिए। चितवन र जनकपुर बोल्ट्स दुवैको यो पाँचौं खेल हो। 

जनकपुर बोल्ट्सले ४ खेल खेलिसक्दा हालसम्म जित निकाल्न सकेको छैन। जनकपुरले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हार बेहोरेको थियो। विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। 

चितवनले यसअघिको ४ खेलमा २ जित र २ हार बेहोरेको छ। चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगिता सुरु गरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससाग ६ विकेटले हारेको थियो। तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसँग ५३ रनको हार बेहोरेको थियो।