काठमाडौं,जनकपुरधाम-स्रोत नखुलेको नेपाली १४ लाख रूपैयाँसहित दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाधामका ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउका १९ वर्षीय कृष्ण साह छन् । प्रदेश २. ०२-००३ प ७०४५ नम्बरको मोटरसाइकलमा जयनगरबाट जनकपुरतर्फ आउने क्रममा चेकजाँच गर्दा उक्त रकम बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

धनुषा जनकनन्दनी गाउँपालिका-५ बनरझुल्लाबाट ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठको प्रहरी‌ टोलीले ती दुईजनालाई पक्राउ गरेकव हो । उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।