गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी, यी हुन् हस्ताक्षर गर्ने ३१ सांसद
काठमाडौं - विपक्षी गठबन्धनले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष बहुमतसहित दाबी गरेको छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ः०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आह्वान गरेसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले शुक्रबार दाबी पत्र पेश गरेका हुन् ।
प्रदेश प्रमुखलाई ३१ जना सांसदकाे हस्ताक्षरसहितकाे दाबी पत्र बुझाइएको छ । दाबी पत्रमा स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका छन् ।
प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस