काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन् ।

नेपाल–भारतमैत्री समाजले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई मुलुकबीचको सम्बन्ध कहिलेकाहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने बताए ।

उनले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पारे ।