आजमात्रै ३ जनामा देखियो कोरोना भाइरसको संक्रमण
खबर एक्सप्रेस
२०७६-१२-२२ ०१:३७ मा प्रकाशित
Total Shares: 341
काठमाडौं - भारतबाट फर्किएका तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा संक्रमण देखिएको छ । उक्त महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन् ।
सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस