पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०७७-१०-२८ ०९:०६ मा प्रकाशित
Total Shares: 479
काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँले बढाएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
यस्तै, निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाएको छ । निगमले एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढाएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुर्याएको छ ।
अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस