एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै
खबर एक्सप्रेस
२०७७-०२-२५ ०१:५८ मा प्रकाशित
Total Shares: 383
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
बैठक भोली सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको नेकपा उच्च स्रोतले बताएको छ ।
नेकपामा लामो समयदेखि एमसीसीको विषयमा विवाद हुँदै आएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदबाट एमसीसी पास गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले संशोधनसहित एमसीसीबारे सम्झौता गर्ने पक्षमा छन् ।
यसअघि नेकपाले गठन गरेको कार्यदलले पनि एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस