नेपाल र भट्टराईलाई मुद्धा नचलाएकाेमा सर्वोच्चद्वारा अख्तियारसँग जवाफ माग
खबर एक्सप्रेस
२०७६-११-०२ ११:०० मा प्रकाशित
Total Shares: 347
काठमाडौं - पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल तथा बाबुराम भट्टराईलाई मुद्धा चलाउनुको कारण के हाे भन्दै सर्वोच्च अदालतले अख्तियार अनुसन्धान दुरुपयोग आयोगसँग १५ दिनभित्र जवाफ पेश गर्न माग गरेको छ ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।
नेपाल र भट्टराईलाई मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले गरेको रिट दायरको सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ मागेको हो ।
फेसबुक पेज Like गर्नुहोस