काठमाडौं - अमेरिकाले निष्कासन गरेका ९० जनाभन्दा बढी नेपाली शनिबार बिहान काठमाडौं आइपुगेका छन् । उनीहरूलाई ओम्नी एयरको चार्टर्ड विमानमार्फत श्रीलंकाको कोलम्बो हुँदै काठमाडौं ल्याइएको हो ।

अमेरिकी सरकारले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरिने जानकारी वासिंटन डिसीस्थित नेपाली दूतावासलाई पत्राचारमार्फत दिएको थियो।