सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा
खबर एक्सप्रेस
२०७८-०७-०८ १२:२० मा प्रकाशित
Total Shares: 142
काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरु बैठकमा बसेपछि इजलास सुरु हुन सकेको छैन। सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ६ संयुक्त इजलास र १ एकल गरी ७ वटा इजलासमा पेशी तोके पनि इजलास सुरु हुन सकेको छैन।
अहिले १४ जना न्यायाधीश इजलासमा नबसी इजलास सुरु हुने समयमा बैठकमा बसिरहेका छन। न्यायाधीशहरु नै बैठकमा बसेपछि इजलास सुरू हुन नसकेको सर्वोच्च स्रोतले जानकारी दिएको छ।
प्रधानन्यायाधीश जबराले आज साढे १ बजेका लागि फुलकोर्ट बैठक आह्वान गरेका छन। न्यायाधीशहरुले आइतबार नै फुलकोर्ट बहिष्कारको घोषणा गरिसकेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस