काठमाडौं - नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ ।

दूतावासले पहलगाम आक्रमणपछि भएको विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो ।

दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर भारत सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह पनि गरेको छ।

‘भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न अनुरोध छ,’ दूतावासले भनेको छ ।