काठमाडौं, एजेन्सी - भुटानमा कोरोना संक्रमितको संख्या १६५४ पुगेको छ । थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक हजार ६५४ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।

भुटानमा सक्रिय कोरोना संक्रमितको संख्या ३२६ रहेको छ ।

पछिल्लो समय भुटानमा कोरोना संक्रमितको संख्या बढेको अधिकारीहरुले जनाएका छन् । 

तर, अवस्था नियन्त्रणमा नै रहेको उनीहरुको दाबी रहेको छ । विश्वभर कोरोनाले लाखौँ मानिसहरुको ज्यान लिइरहेको अवस्थामा भुटानले कोरोना नियन्त्रणमा गरेको कार्यहरु सफल रहेको अधिकारीहरुले जनाएका छन् ।