काठमाडौं,झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै  वार्ता गर्ने बताएका छन् । 

आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैका लागि खुशीको खवर छ । शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समाधान गर्नेछौं ।’ 

पछिल्ला दिनहरुमा सरकारले विप्लवसँगकाे संवादलाई अघि बढाएकाे छ ।