गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन सुझाव दिन्छु : केपी ओली
खबर एक्सप्रेस
२० घण्टा अगाडि
Total Shares: 8
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सडकमा तमासा गरिरहेको टिप्पणी गरेका छन् ।
बिहीबार भक्तपुरको गुण्डुस्थित तिथली चोकमा नेकपा एमाले भक्तपुरले आयोजना गरेको विशेष राजनीतिक भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले गृहमन्त्रीलाई देश चलाउने कुरा ख्याल ठट्टा नभएको भन्दै राजनीति बुझेर चल्न चेतावनी दिएका छन् ।
उनले भने- ‘गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु राजनीति ख्याल ठट्टा होइन । देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु ।’
फेसबुक पेज Like गर्नुहोस