काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा तोकिएको छ । जुन बुधबारको भन्दा तोलामा ३ सय रुपैयाँले बढी हो ।  तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ । 

आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।