भारतको महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगलागी,कम्तीमा ११ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०६-२२ १०:०१ मा प्रकाशित
Total Shares: 191
काठमाडौं - भारतको महाराष्ट्र नासिकमा आज शनिबार बिहान गुडिरहेको एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए पनि अहिलेसम्म ११ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय प्रहरीले घटनाको पुष्टि गर्दै दुर्घटनामा कैयौं मानिसको मृत्यु भएको जनाएका छन् ।
यो दुर्घटना नासिक र औरंगाबाद सडक खण्ड अन्तर्गत नंदूरनाका क्षेत्रमा भएको हो । आगलागी भएको बस यवतमालदेखि मुम्बईतर्फ जाँदै गरेका बेला दुर्घटना भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस