बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सकियो
खबर एक्सप्रेस
२०८१-११-०१ ०३:२६ मा प्रकाशित
Total Shares: 66
काठमाडौं-बबरमहलमा बुधबार दिउँसो फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ ।
करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो । अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ ।
पानी परीक्षणको कार्य सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।
उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो। प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो ।
फेसबुक पेज Like गर्नुहोस