काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार दुवै जनालाई मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्।
बिहीबार प्रधानमन्त्री शाहले दिपककुमार साहलाई श्रममन्त्रीबाट पदमुक्त गरेका थिए। त्यस ठाउँमा रामजी यादवलाई ल्याएका हुन्।
त्यस्तै, यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको थियो। प्रधानमन्त्री शाहले नै हेरिरहेका थिए। त्यसमा गौरीकुमारी यादवलाई ल्याएका हुन्।
नवनियुक्त दुवै मन्त्री प्रत्यक्षबाट निर्वाचित सांसद हुन्। गत फागुन २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा गौरी महोत्तरी-४ र रामजी सप्तरी-२ बाट सांसद निर्वाचित भएका हुन्।

.gif)


