कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०८२-०५-१० ०७:३९ मा प्रकाशित
Total Shares: 79
काठमाडौं - हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
जसको प्रभावले आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस