धनगढी- रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ ।

तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको खबर परिवारले पाएका हुन्। आफन्तले शुक्रबार उनको मृत्यु भएको खबर पाएपछि कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् ।

भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।

सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए ।

दुबईमा उनी गार्डको काम गर्थे । नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मीले पठाएका थिए ।