एजेन्सी - भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ ।

अदालतले प्रशासनिक निरन्तरता कायम राख्न, सरकारको दैनिक कामकाज अवरुद्ध हुन नदिन तथा देशको सुरक्षा सुनिश्चित गर्न रोड्रिगेजलाई अस्थायी नेतृत्व सुम्पनु अपरिहार्य भएको जनाएको छ ।

उच्च अदालतले राष्ट्रपतिको अनुपस्थितिको अवस्थामा लागू हुने संवैधानिक र कानुनी प्रावधानबारे थप स्पष्टता आवश्यक रहेको भन्दै यस विषयमा विस्तृत विचार–विमर्श अघि बढाइने जानकारी पनि दिएको छ ।

राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेर न्यूयोर्क लगेको छ ।