काठमाडौं - लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
नियुक्ति गैरकानुनी र विधि तथा प्रक्रियाविपरीत रहेको दाबीसहित ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले नियुक्ति खारेजीको माग गर्दै रिट दायर गरेको हो ।
अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन् ।
रिटमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा कानुनी प्रक्रिया मिचेर डोल्मालाई नियुक्त गरिएको जिकिर गरिएको छ ।
अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको वैधानिकतामाथि गम्भीर प्रश्न उठाउँदै संगठनले पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुका साथै खबरदारीसमेत गर्दै आएको थियो । तर, सार्वजनिक चासो र उठाइएका प्रश्नलाई बेवास्ता गर्दै सरकारले डोल्मालाई दलबलसहित कोषमा उपस्थित गराएर कार्यभार सम्हाल्ने वातावरण बनाएको अभियानको आरोप छ ।

.gif)



