भारतमा एकैदिन थपिए हालसम्मकै धेरै संक्रमित
काठमाडौं,एजेन्सी - भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् । उच्च संख्यामा संक्रमित थपिनुका साथै दैनिक यसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । एकैदिन १ लाख १५ हजार २६९ नयाँ संक्रमित फेला परेका हुन् । यसअघि गत आइतबार १ लाख ३ हजार बढीमा कोरोना संक्रमण भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ६३१ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म संक्रमित हुनेको संख्या १ करोड २७ लाख ९९ हजार ७४६ पुगेको छ ।
यस्तै मृत्यु हुनेको संख्या १ लाख ६६ हजार २०८ पुगेको छ । १ करोड १७ लाख ८९ हजार ७५९ संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या बढेर ८ लाख ४३ हजार ७७९ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस