काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 30
काठमाडौं- काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस तामाकोशी नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिकाको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा खसेको हो ।
बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उपचारका लागि पठाइएको उद्धारमा संलग्न एकजना प्रहरीले बताए । यस्तै बसमा कति यात्रु सवार थिए भन्ने कुरा यकिन नभएको र अहिले स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस