काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक सोमबार बसेको छ ।
सिंहदरवारमा सोमबार बैठक बसेर कार्यदलले एमसीसीबारे दस्तावेजहरुको अध्ययन अनुसन्धानका लागि गृहकार्य थालेको स्रोतले बताएको छ । नेकपाको केन्द्रीय समिति बैठकमा एमसएसीबारे अध्ययन गरेर मात्रै संसदले पारित गर्नुपर्ने कुरा उठेपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनेको थियाे ।
वरिष्ठ नेता खनालको संयोजकत्वको कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेका छन् । संयोजक खनाल र सदस्य रावल एमसीसीको विपक्षमा देखिएका छन् भने परराष्ट्रमन्त्री ज्ञवाली संसदबाट पारित हुनुपर्छ भन्ने पक्षमा छन् ।
स्रोतका अनुसार केन्द्रीय समिति बैठकले १० दिनभित्र एमसीसीबारे सुझाव पेश गर्न कार्यदललाई जिम्मेवारीदिएपछि सोमबार पहिलो बैठक बसेको हो ।

.gif)


