अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै
खबर एक्सप्रेस
२०७७-१०-२२ ०७:५१ मा प्रकाशित
Total Shares: 264
काठमाडौं - सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् ।
कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।
अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, 'मे/जुनसम्म परीक्षा दिने मिति सकिएको छ', उनले राजधानीसँग भने ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस