म्यानमारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर पाँच वर्षका बच्चासहित ११४ जनाको मृत्यु
काठमाडौं,एजेन्सी - म्यानमारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर पाँच वर्षका बच्चासहित ११४ नागरिकको ज्यान गएको छ।
सैनिक 'कू' गरेर सत्ता हातमा लिएको म्यानमारको सेनाले केहि दिनदेखि सडकमा देख्नेबित्तिकै गोली चलाएर हत्या गर्ने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म सेनाको गोली प्रहारबाट चार सय बढीको मृत्यु भैसकेको छ । सेनाले सत्ता लिएपछि म्यानमारमा दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। सुरुमा ब्यापक धरपकडमा उत्रिएको सेना पछिल्लो समय दमनमा लागेको छ ।
सडकमा कसैलाई देख्नेबित्तिकै गोली चलाएर मार्ने आदेश पाएको सेनाको अन्तराष्ट्रिय रुपमा चर्को आलोचना हुँदै आएको छ । तर पनि सेनाले आफ्नो बर्बर हत्या कार्यलाई रोकेको छैन् ।
‘उनीहरूले हामीलाई हाम्रै घरभित्र चरा मारेझैं मारिरहेका छन्, तर जे भए पनि हामी प्रदर्शन जारी राख्नेछौं। जुन्ता शासन नढलेसम्म हाम्रो आन्दोलन भइरहने छ।’ एक जना प्रदर्शनकारीले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस