प्रशिक्षक प्रभाकर भोलि नेपालमा आउने
खबर एक्सप्रेस
२०७९-०४-२७ ०१:४५ मा प्रकाशित
Total Shares: 442
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि शनिबार नेपाल आउने भएका छन्।
राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले प्रभाकरलाई प्रशिक्षक बनाउने निर्णय गरेको थियो। क्यानका म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको जानकारी दिएका हुन्।
भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन्। नेपालले प्रभाकरको प्रशिक्षकत्वमा केन्याविरुद्ध पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस