काठमाडौं - रौतहटमा प्रहरीले गोली हानेर एकजनालाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दा र अपहरणका एक दर्जन मुद्दा लागेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेललाई गएराति प्रहरीले ४ राउन्ड गोली प्रहार गरी पक्राउ गरेको हो ।

रौतहटको चन्द्रनिगाहपुर गजलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी रौतहट मौलापुरका भएको बताइएको छ ।

उनी भारतमा लुकेर बस्दै आएकाे र पछिल्लाे समय नेपाल आएकाे सूराकीकाे आधारमा प्रहरीले निगरानी बढाएकाे थियाे । पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै गाेली चलाएपछि प्रहरीले उनीमाथि जवाफी फायरिङ गरेकाे जनाएकाे छ ।

प्रहरीले चलाएको दुईवटा गोली उनको खुट्टामा लागेको थियो । उनको अहिले स्थानीय अस्पताल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनकाे साथबाट कटुवा पेस्तोल १ थान र ५ राउन्ड गोलीसमेत बरामद भएकाे छ ।