गंगाराम नाउपा संसदीय दलको नेताबाट बर्खास्त, रञ्जिताले संसद्मा पठाइन् पत्र
काठमाडौं - रञ्जिता श्रेष्ठले प्रतिनिधिसभामा नाउपा संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेको र दलको नेतामा आफु नै रहेको कुरा सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएकी छन् ।
सभामुख देवराज घिमिरेलाई चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । उक्त पत्र संघीय संसद् सचिवालय, निर्वाचन आयोगलाई बोधार्थ दिएकी छन्।
‘संसदीय दलको नेता हेरफेर सम्बन्धमा’ शीर्षकमा श्रेष्ठले लेखेको पत्रमा भनिएको छ- ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका मा. गङ्गाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज मा। गङ्गाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२/०४/३० गते कारबाही गरेको हुँदा तहाँ यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णय अनुसार पार्टी अध्यक्ष स्वयमले संसदीय दलको नेताको भूमिका समेत निर्वाह गर्ने व्यहोरा जानकारी गराइन्छ ।’
श्रेष्ठले राजनितिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अधिलेखीकरण गर्न समेत अनुरोध गरेकी छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस