काठमाडौं- पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारी गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई सूचना दिइसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब काठमाडौं–नारायणगढ र काठमाडौं पोखरा–सडक खण्डमा यातायातका साधन सञ्चालन गर्ने तयारी छ ।

सरकारले वर्षा र बाढी पहिरोको जोखिम रहेको भन्दै असोज १८, १९ र २० गतेसम्म तीन दिन काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको थियो ।