'मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु'
खबर एक्सप्रेस
२०७९-०३-३१ ०१:२६ मा प्रकाशित
Total Shares: 208
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै चीन भ्रमणमा पनि जाने बताएका छन्। भारत प्रस्थान गर्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले चीन भ्रमणमा पनि जाने बताएका हुन्।
प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिए। ‘अब कोभिड पनि छिट्टै नियन्त्रणमा आउँदैछ, तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ। र मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु,’ प्रचण्डले भने। प्रचण्डले तीन दिन भारत भ्रमण गर्नेछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस